सेयर बजार पर्सि बुधबारदेखि खुल्ने

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३० भदौ, काठमाडौं ।
  • पर्सि बुधबारदेखि सेयर बजार खुल्ने भएको छ ।
  • नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो ।

३० भदौ, काठमाडौं ।

पर्सि बुधबारदेखि सेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो । ‘सबै पक्षसँग छलफल र परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निर्णय गरिएको छ’ बोर्डका एक उच्च अधिकारीले भने ।

उनका अनुसार यसबारे नेप्सेलाई सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ । भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बजार बन्द गरिएको थियो । एक साता बजार बन्द भयो । विगतमा पनि भूकम्प तथा कोरोनाका बेला लामो समय बजार बन्द भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?