चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर २६, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २६ मंसिर, काठमाडौं ।
  • चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२ बेलडाँडीका ५६ वर्षीय अरुण भनिने रामभक्त श्रेष्ठ छन् ।

 

२६ मंसिर, काठमाडौं । चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२ बेलडाँडीका ५६ वर्षीय अरुण भनिने रामभक्त श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनको आँपटारीबाट पक्राउ गरेको हो ।

गत ८ साउनमा बौद्ध टुसालमा रहेको ल्हासा गेस्टहाउसमा सञ्चालित चाइनिज इन्टरप्राइजेज इन्कुवेसन सेन्टर प्रालिमा रहेको चिनियाँ नागरिकको छि युआन योङको कोठाबाट चोरी गरेको आरोप छ । उनीविरुद्ध यसअघि १५ माघ २०७१ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट, ५ माघ २०७१ मै परिसर काठमाडौंबाट र ७ भदौ २०७३ मा परिसर काठमाडौंबाटै चोरीको कसुरमा मुद्दा चलेको खुलेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ