जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३०, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • ३० भदौ, काठमाडौं ।
  • ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन् ।
  • आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो   सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुनेछन् ।

३० भदौ, काठमाडौं ।

‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन् । आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो   सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुनेछन् ।

महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गर्ने भए पनि राति १० बजेभित्र हल बन्द गर्ने व्यवस्था गरिएको बताए । सोमबारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली चलचित्रसँगै केही विदेशी चलचित्र पनि प्रदर्शन हुनेछन् । यसैबीच, दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । जेनजीले भ्रष्टाचार र बेथितिविरुद्ध २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको नेपाल चलचित्र सङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित