नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • २६ भदौ, काठमाडौं ।
  • ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।
  • टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

२६ भदौ, काठमाडौं ।

ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो । उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए ।

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए । उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
आज जेठ ४ गते बिहिबार, यस्तो छ आजको राशिफल
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु