एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २३, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २३ पुस, काठमाडौं ।
  • नेकपा एमालेले राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ ।
  • १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।

२३ पुस, काठमाडौं ।

नेकपा एमालेले राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले नेतृ रामकुमार झाँक्रीसहितको नाम टुंगो लगाएको छ । झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन् । यस्तै, कोशीमा रोशनी मेचे, बागमतीमा डा.प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा काँग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने छलफल भएको थियो । तर, अन्तिममा कुरा मिल्न सकेको छैन ।जसअनुसार एमाले-कांग्रेसलाई ७/७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ । यसै अनुसार एमालेले उम्मेदवार छनोट गरेको हो । मधेशमा भने एमालेले नाम टुंगो लगाएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
विपक्षी दलहरूको माग मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन 
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति