खड्का र देउवाको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन ६, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • ६ असोज, काठमाडौँ ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ ।
  • विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो ।

६ असोज, काठमाडौँ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ ।

‘जेन–जी’ आन्दोलनका क्रममा २४ भदौमा प्रदर्शनकारीले देउवा र खड्काको बूढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि दुवैका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती भिडियो र फोटोको फरेन्सिक जाँच भइसकेको छैन । घर जलेको तेस्रो दिनपछि प्रहरीले दुवै नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो । घटनाको डेढ सातापछि विभाग अनुसन्धानमा जुटेको हो । ‘आगजनी भएका कतिपय नेताका घरमा नोट भेटिएको र कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेको भनी विभिन्न तस्बिर र भिडियो बाहिरिएका थिए, यसमा हामीले सूक्ष्म रूपमा नियालिरहेका थियौं,’ विभागका एक अधिकारीले भने, ‘अहिले बाहिर आएका विवरणहरूको प्रारम्भिक स्क्रिनिङपछि घटनास्थलमै गएर हेरिएको छ ।’

विभागले नमुनाका रूपमा लिएको खरानी र टुक्रा सक्कली नोट भएको पुष्टि भए उनीहरू सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनेछन् भने यसरी आर्जन गरेको सम्पत्ति पनि जाँचबुझ र अनुसन्धान दायरामा आउनेछ । यता, राजस्व अनुसन्धान विभागका एक अधिकारीले पनि नेताका घरमा जलेको अवस्थामा नेपाली र विदेशी मुद्रा भेटिएको विषयलाई ‘नोटिस’ मा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित घरमा पनि गएर अवलोकन गर्ने तयारीमा जुटेको एक अधिकारीले जानकारी दिए । दाहालको जलेको निवासमा पनि अहिले प्रहरी खटाएर पहरा दिइएको छ । घर जलेपछि दाहाल अन्यत्र बस्दै आएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
६१.२५ अंकले बढ्यो सेयर बजार, कारोबार साढे १० अर्ब
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल