माइतीघरको जेनजी प्रदर्शनमा युवाहरूको भिड बढ्दै

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २३, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, काठमाडौं ।
  • सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ ।
  • उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् ।

२३ भदौ, काठमाडौं ।

सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् ।  उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् । सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।

प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । उनीहरूले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ । जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार
‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’
ललितपुरबाट ८ लाख बढीको धनमाल चोरी
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन