जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ११, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ११ जेठ, विराटनगर ।
  • जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ ।

 

११ जेठ, विराटनगर ।

जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका छन् ।

उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । यद्यपि दुई जनाको मृत्यु भएको र एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो
आज मन्त्रिपरिषद्को बैठक बस्दै
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा
नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण केशरमहलमा
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै