नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २२, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २२ भदौ, काठमाडौं ।
  • नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू भएको छ।
  • आइतबारदेखि काठमाडौंमा दुई देशका सेनाको संयुक्त अभ्यास सुरू गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

२२ भदौ, काठमाडौं ।

नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू भएको छ। आइतबारदेखि काठमाडौंमा दुई देशका सेनाको संयुक्त अभ्यास सुरू गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यसलाई संयुक्त अभ्यास सगरमाथा फ्रेन्डशीप-२०२५ को नाम दिइएको छ।

यो कार्यक्रम भदौ ३१ गतेसम्म सञ्चालन हुने छ। अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयमा ज्ञान आदानप्रदान हुने निर्देशनालयले जनाएको छ। यो अभ्यास २०७४ सालदेखि सुरू भएको थियो। यो अभ्यास नेपाल र चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?