संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै
सारांश
- २० भदौ, काठमाडौं ।
- संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ ।
- कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५:१५ बजे बस्नेगरी निर्धारण भएको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।
२० भदौ, काठमाडौं ।
संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५:१५ बजे बस्नेगरी निर्धारण भएको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

पहिले यो समितिको सभापति ईश्वरीदेवी न्यौपाने थिइन् । उनले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समितिको सभापति पद रिक्त छ । सोही समितिको सभापति चयनका लागि आज बैठक बोलाइएको सूचनामा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया