चर्चित लोकगायिका शारदा सिन्हाको निधन

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक २१, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • बिहारकी चर्चित लोक गायिका शारदा सिन्हाको निधनले लोकसंगीत क्षेत्र शोकमग्न भएको छ।
  • क्यान्सरसँग लडिरहेकी ७२ वर्षीय शारदा सिन्हाले दिल्लीको एम्स अस्पतालमा अन्तिम सास फेरेकी हुन्।

काठमाडौं।

बिहारकी चर्चित लोक गायिका शारदा सिन्हाको निधनले लोकसंगीत क्षेत्र शोकमग्न भएको छ। क्यान्सरसँग लडिरहेकी ७२ वर्षीय शारदा सिन्हाले दिल्लीको एम्स अस्पतालमा अन्तिम सास फेरेकी हुन्। केही समयदेखि बिरामी रहेकी शारदा सिन्हालाई गम्भीर स्वास्थ्य समस्याका कारण दिल्ली AIIMS भेन्टिलेटरमा राखिएको थियो। सेप्टिसिमिया रोगले थप समस्या ल्याएपछि उनको निधन हिजो राति ९ः२० बजे भएको हो।

उनका छोरा अंशुमान सिन्हाले आमाको निधनको जानकारी शारदा सिन्हाको ट्विटर अकाउन्टमार्फत दिएका छन्। भावुक सन्देशमा उनले आमाको फोटो सेयर गर्दै लेखेका छन्, “तपाईंको प्रार्थना र माया सधैं आमासँग रहिरहनेछ। छठीमैयाले आमा बोलाएकी छिन्। आमा शारीरिक रुपमा हामीसँग रहनुहुन्न।”

शारदा सिन्हाको देहान्तले बिहारको सांस्कृतिक र लोकसंगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ। उनले छठ, होली, विवाह, मैथिली र भोजपुरी संस्कृतिमा आधारित गीत गाएर करोडौंको मन जितेकी थिइन्। उनको स्वर र प्रस्तुतिले लोकगीतलाई जन-जनसम्म पु¥याएको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
आन्दोलित चिकित्सक र राहत शिक्षकको माग वार्ताबाट समाधान गर्न मावोवादीको अनुरोध
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु
बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना
मधेश प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना उत्साहजनक : डिआईजी थपलिया