राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र ११, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ११ भदौ, काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
  • बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।

११ भदौ, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।

वर्तमान संविधान तुलनात्मक रूपमा प्रगतिशील भएपनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन पर्न नसकेको समेत उनले बताए । संविधानलाई अगाडि बढाउनेभन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको चर्चा गर्दै प्रमुख सचेतक परियारले यसप्रति सचेत हुन आवश्यक रहेको बताए ।

उनले राजनीतिक दलहरूले संविधानको कार्यान्वयन नगरेको पनि आरोप लगाए । उनले संविधानको व्यवस्थाअनुसार राजनीतिक दल र नेतृत्वले व्यवहार नगर्दा दलको व्यवहारअनुसारको संविधान बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गरे ।  संविधानले गरेको समानुपातिक व्यवस्था दलहरूले कार्यान्वयन नगरेको समेत उनले आरोप लगाए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?