प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र १८, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १८ भदौ, काठमाडौं ।
  • आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
  • संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने भएको हो ।

१८ भदौ, काठमाडौं ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईल ‘जलस्रोत विधेयक’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत आज कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूचीमा तय गरिएको छ ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?