वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २२, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २२ असोज, काठमाडौँ ।
  •  अब वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् ।
  • असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो ।

 

२२ असोज, काठमाडौँ । अब वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो ।

हाल वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । उक्त रकम बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। उक्त आर्थिक सहायता वैदेशिक रोजगार बोर्ड मार्फत उपलब्ध हुँदै आएको छ । नियमावलीमा संशोधन भएसँगै अबदेखि वैदेशिक रोजगारीमा मृत्यु मृतकका परिवारले १० लाख रुपैयाँ आर्थिक सहायता पाउने छन् ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक वर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजातसहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । त्यस्तै कुनै कामको क्रममा अङ्गभङ्ग भएमा सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।त्यस्तै शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्‍याउन समेत बोर्डले आर्थिक सहायता गर्दै आएको छ । दाहसंस्कारका लागि परिवारलाई २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । मन्त्रालयका अनुसार आफ्नो यसअघिको कार्यकालमा नै मृतकलाई प्रदान गरिने आर्थिक सहायता बढाउनुपर्ने छ ।

खाडी र मलेसियामा जाने श्रमिकले कल्याणकारी कोषमा १५०० रुपैयाँ जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै जापान, कोरिया, इजरायल लगायतका मुलुक जाने श्रमिकले २५०० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ । करार अवधि तीन वर्षसम्मको भएमा एक हजार ५०० रुपैयाँ र तीन वर्षभन्दा बढीको भएमा दुई हजार ५०० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)
बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको ह*त्या
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, कहाँबाट कति?
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुख असन्तुष्ट