शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३ भदौ, काठमाडौँ ।
  • प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउनका नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा.
  • शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

३ भदौ, काठमाडौँ ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउनका नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनीहरूले प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर नगर्ने बताएका हुन् । पार्टीका तर्फबाट प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई हस्ताक्षरका लागि बोलाएका थिए । त्यो जानकारी डा. कोइराला निकट सांसदहरूले डा. कोइरालालाई गराएका थिए । त्यसपछि कोइरालाले प्रयोजन खुलेपछि मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार सांसद कान्छाराम तामाङले डा. कोइरालालाई फोन गरेर हस्ताक्षर गर्ने कि नगर्ने भनेर भनेका थिए । कोइरालाले ‘प्रयोजन खुल्ने भए गर्नुस्, नखुल्ने भए नगर्नुस्’ भन्ने जवाफ दिएका थिए ।  कोइरालाले यस विषयमा आफू पक्षका सांसदहरू हृदयराज थानी, सरिता प्रसाईँ, दीपक गिरी लगायतसँग पनि कुरा गरेको स्रोतले बतायो । उनले कुरा गरेका सांसदहरू हस्ताक्षर गर्न नआएको कांग्रेस संसदीय दल स्रोतले जानकारी दियो ।  सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबिच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेपछि अहिले कांग्रेस एमालेका प्रमुख सचेतकहरूले पार्टीका सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी
सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
केपी ओलीभन्दा झुट बोल्ने मान्छे नेपालमा कोही छैन : ज्ञानेन्द्र शाही