यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर १८, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •     १८ मंसिर, काठमाडौं– यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।
  • अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो।
  • .

 

 

१८ मंसिर, काठमाडौं– यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो।

.

नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए। अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, मायन यादव १, सन्तोष यादव ७, नरेन भट्ट २, रोशन विश्वकर्मा ९, उत्तम थापामगर २ रनमा आउट हुँदा कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे। नरेन र हेमन्तको संयमित ब्याटिङले नेपालले जीत दर्ता गराएको हो। ८४ रनमा आठौं विकेट गुमाएको नेपालको इनिङलाई हेमन्त र नरेनले उकासेका थिए। उनीहरुले नवौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए। बलिङमा अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३-३ लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो। अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन्। बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३-३, अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २-२ विकेट लिए। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ