डिम्ब संकलन, भण्डारण र प्रत्यारोपणमा सर्वोच्चको रोक

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • ३ भदौ, काठमाडौं ।
  • सर्वोच्च अदालतले डिम्ब (अण्डा) कारोबार तत्काल रोक्न आदेश दिएको छ।
  • न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार जारी गरेको आदेशअनुसार अब रिटको अन्तिम निर्णय नआएसम्म डिम्ब संकलन, भण्डारण र प्रत्यारोपण गर्न वा गराउन पाइने छैन।

३ भदौ, काठमाडौं ।

सर्वोच्च अदालतले डिम्ब (अण्डा) कारोबार तत्काल रोक्न आदेश दिएको छ। न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार जारी गरेको आदेशअनुसार अब रिटको अन्तिम निर्णय नआएसम्म डिम्ब संकलन, भण्डारण र प्रत्यारोपण गर्न वा गराउन पाइने छैन। अधिवक्ता अंकिता त्रिपाठीले बालिका तथा किशोरीहरूको शोषण हुने जोखिम देखाउँदै यस विषयमा रिट दायर गरेकी थिइन्। अदालतले सरकारले हालै ल्याएको मापदण्डमार्फत डिम्ब कारोबारलाई वैधानिकता दिन खोजिएको भन्दै त्यसमा निगरानी पनि प्रभावकारी बनाउन निर्देशन दिएको छ।

सरकारले आइतबारमात्रै ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेको उक्त मापदण्डले २० देखि ३५ वर्ष उमेर समूहका महिला वा पुरुषले शुक्रकीट र अण्डा दान गर्न पाउने व्यवस्था गरेको छ। उनीहरूले तीन महिनाको अन्तरालमा बढीमा छ पटकसम्म दान गर्न सक्ने प्रावधान पनि त्यसमै राखिएको छ। तर, मापदण्ड लागू भएको तीन दिनमै सर्वोच्चले त्यसलाई रोक लगाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?