पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, काठमाडाैं ।
  • पाकिस्तानमा भारतको हवाई आक्रमणले देशभरका उडानहरू प्रभावित भएका छन्।
  • श्रीनगर सहित ११ विमानस्थलमा उडान सञ्चालन बन्द गरिएको त्यहाँकाे सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

२४ वैशाख, काठमाडाैं ।

पाकिस्तानमा भारतको हवाई आक्रमणले देशभरका उडानहरू प्रभावित भएका छन्। श्रीनगर सहित ११ विमानस्थलमा उडान सञ्चालन बन्द गरिएको त्यहाँकाे सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा जम्मू, श्रीनगर, लेह, चंडीगढ़, बीकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर विमानस्थल रहेका छन् । यी पाकिस्तानको सीमासँग जोडिएको छ ।

एयर इन्डियाले एक्समा भनेको छ कि, ‘जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका सबै उडानहरू दिउँसोसम्म रद्द गरिएको छ। दुई अन्तर्राष्ट्रिय उडानहरू अमृतसरबाट दिल्ली डाइभर्ट गरिएको छ।’ स्पाइसजेट र इन्डिगोले जम्मू, श्रीनगर, लेह, धर्मशाला र अमृतसर विमानस्थल बन्द रहेको र सबै उडानहरू प्रभावित भएको जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ