पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २३ साउन, काठमाडौं ।
  • पहिरो खसेर पृथ्वी राजमार्गको धादिङ खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ ।
  • गजुरी गाउँपालिका–६ स्थित जरेखेत, गजुरी गाउँपालिका–४ स्थित जरे पुल र थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिलोमा सडक अवरुद्ध भएको हो ।

२३ साउन, काठमाडौं ।

पहिरो खसेर पृथ्वी राजमार्गको धादिङ खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ स्थित जरेखेत, गजुरी गाउँपालिका–४ स्थित जरे पुल र थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिलोमा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडकमा एकतर्फी सञ्चालनमा आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका एसपी नरेश सुवेदीले बताए । जरे खेत र जरे पुलमा एकतर्फी सवारी सञ्चालन गरिएको छ । थाक्रे गाउँपालिका–७ स्थित सात किलोमा चाहिँ दुई तर्फ नै सवारी चल्न थालेका छन् ।

एसपी सुवेदी भन्छन्– ‘पहिरो पन्छाएर सात किलोमा दुई तर्फी सवारी सुचारु गरिएको छ ।’ पहिरो खसेको ठाउँमा सडक विभागका प्राविधिक गएर अध्ययन गरिरहेका छन् । बिहान ३ बजेर २० मिनेटमा सड्क अवरुद्ध भएसँगै राजमार्गमा ७८० वटा सवारी होल्ड गरिएको छ । आदमघाट, मलेखु, सिम्ले, मझिमटार, खानीखोला, महादेववेशी, गजुरी र बेनिघाटमा सवारी साधन होल्ड गरिएको एसपी सुवेदीले बताए । उनले भने– ‘होल्ड गरिएका सवारी साधनलाई बिस्तारै पठाउँदैछौँ ।’ ट्राफिक प्रहरीले खत्रीपौवा र विशालटारमा पनि सवारी साधन होल्ड गरेर प्राथमिकताको आधारमा आउजाउ गराइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सभापति देउवा भारत जाँदै
एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ