खानेपानीमन्त्री यादवको नयाँ कार्यकक्ष सञ्चालनमा

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ माघ, काठमाडौँ।
  • खानेपानीमन्त्री प्रदीप यादवको आजबाट नयाँ कार्यकक्ष सञ्चालनमा ल्याइएको छ ।
  • शनिबार बिहान खानेपानी मन्त्रालयमा बिद्युत सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष जलेर पूर्ण रुपमा क्षति पुगेको थियो ।

 

२७ माघ, काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवको आजबाट नयाँ कार्यकक्ष सञ्चालनमा ल्याइएको छ । शनिबार बिहान खानेपानी मन्त्रालयमा बिद्युत सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष जलेर पूर्ण रुपमा क्षति पुगेको थियो । मन्त्री यादवले अस्थायी रुपमा आफ्नो नयाँ कार्यकक्ष बनाएर कामकाज सुरु गर्नु भएको उनको स्वकीय सचिवालयले जनाएको छ ।

खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरु गरिएको मन्त्री यादवका निजी सचिव एवम् उप सचिव भक्तराज जोशीले जानकारी दिए । उनले भने, “शनिवार आगलागी भएर मन्त्री ज्युको कार्यकक्षमा पूर्ण रुपमा क्षति पुगेको छ । अहिले मर्मतको कार्य भइरहेकाले अस्थायी रुपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह सूचारु गरिएको छ ।”

मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सिसी क्यामेराको मनिटर लगायतका सामग्री नष्ट भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
युवा-युवतीलाई शरीर बन्धक बनाई यातना दिने चारजना पक्राउ
धनुषापछि पर्वतमा पनि एमालेको कुटाकुट, तीन जना घाइते
कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने