आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, यस्तो छ कारण

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण १८, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • १८ साउन, हेटौँडा ।
  • बागमती प्रदेश मन्त्रिपरिषदको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ ।
  • मुख्यमन्त्री बहादुर सिंह लामाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका थिए ।

१८ साउन, हेटौँडा ।

बागमती प्रदेश मन्त्रिपरिषदको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका थिए ।सोही अनुसार मुख्यमन्त्री लामा काठमाडौँबाट हेटौंडा आइपुगेका थिए । तर अन्तिम सयममा आएर बैठक रद्द गर्नुपरेको हो ।स्रोतका अनुसार प्रदेशका प्रमुख सचिव भुपाल बराल काठमाडौँमा रहेका कारण मन्त्रिपरिषद बैठक बस्न नसकेको हो ।

बरालको अनुपस्थितिमै भए पनि बैठक राख्न चाहेका मुख्यमन्त्री लामालाई अन्य सचिवले ‘प्रमुख सचिवको अनुपस्थितिमा मन्त्रिपरिषद बैठक नराख्न’ सुझाव दिएपछि बैठक राख्ने कार्यक्रम नै रद्द गरिएको हो । मन्त्रिपरिषद बैठक नबस्ने भएपछि मुख्यमन्त्री लामाले पत्रकार सम्मेलनको तयारी गरेका छन् । पत्रकार सम्मेलनमार्फत नै उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने र राजीनामाको घोषणासमेत गर्ने स्रोतले जनाएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेताबाट अविश्वास प्रस्तावमार्फत हटाइएका लामा नेता चयनका लागि भएको निर्वाचनमा पराजित भएपछि राजीनामा दिनुपर्ने दबाबमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
सर्लाहीमा तस्करसँग लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सई निलम्बन
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
रवि लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने