रवि लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ ८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ८ माघ,  काठमाडौँ।
  •   उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ  ।
  • उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो ।

 

८ माघ,  काठमाडौँ।  उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ  । उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सात जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेस गर्न अदालतको आदेश छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

२५ पुस, २०८१ मा जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर समूह मिलेर अपचलन गरेको आरोपमा उनीसहित सात जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?