दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण १५, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • १५ साउन, काठमाडौं ।
  • दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।

१५ साउन, काठमाडौं ।

दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार पल्टिएको थियो ।

ट्याक्टर पल्टिए गम्भीर घाइते भएका भण्डारी र रोका मगरलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेको डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बिजौरीका २६ वर्षीय प्रकाश चौधरी प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने
पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं