नवलपुरमा भाषण गरेपछि बेहोस भएका वडाध्यक्षको निधन

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ १९, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   १९ माघ,  रूपन्देही ।
  • नवलपुरमा वडाध्यक्षको निधन भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार कावासोती नगरपालिका वडा नम्बर १ का अध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको हो ।

 

१९ माघ,  रूपन्देही । नवलपुरमा वडाध्यक्षको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार कावासोती नगरपालिका वडा नम्बर १ का अध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको हो । नेकपा एमालेद्वारा गैंडाकोटमा आयोजित एक कार्यक्रममा कुर्सीमा बसिरहेको अवस्थामा उनको निधन भएको प्रहरीले बताएको छ ।

बसिरहेकै कुर्चीमा बेहोस भएपछि चितवनस्थित अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  युवासंघ नवलपुरको १०औं अधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राखिसकेर कुर्सीमा बसेका वडाध्यक्ष मिया बेहोस भएका थिए ।वडाध्यक्ष मियालाई दिउँसो साढे २ बजे चितवन मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी जेसी शाहले जानकारी दिए । एमालेबाट वडाध्यक्षमा निर्वाचित ३६ वर्षका मियालाई उच्च रक्तचाप रहेको र हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
सम्पदा संरक्षणमा हामी कमजोर छौँ : राज्यमन्त्री चौधरी
विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
युएईविरुद्ध कप्तान देव खनालको शतक
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा