शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
सारांश
- १३ साउन, काठमाडौैं ।
- कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटो सम्पन्न गर्ने सरकारले लक्ष्य रहेको बताउनुभएको छ ।
- मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गर्ने बताउनु भयो । सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको बताउनु भयो । मन्त्री चौरसियाले भन्नुभयो, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन बाँकी काम शिघ्र सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसम्मतिले पारित भइसकेको छ । शान्ति सम्झौताका क्रममा भएका सहमति, समझदारी सम्झौता एकीकृत अभिलेख तयार गरिने गर्ने काम भइरहेको छ ।

जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिनेछ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको छ । राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।’मन्त्री चौरसियाले राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइने बताउनु भयो ।

प्रतिक्रिया