नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ३, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   सर्लाही, ३ भदौ – नेपाली कांग्रेसका सर्लाहीका पुर्व सभापति तथा सर्लाहीको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संरक्षक बासुदेवशरण कोइरालाको निधन भएको छ।
  • कोइरालाको गएराति लालबन्दी–२ जुटपानीस्थित निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ।
  • जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालासहित नेपाली कांग्रेसका संस्थापक नेताहरूसँगै राजनीतिक यात्रा सुरु गरेका कोइराला पार्टीभित्र एक अनुभवी नेताका रूपमा परिचित थिए।

 

सर्लाही, ३ भदौ – नेपाली कांग्रेसका सर्लाहीका पुर्व सभापति तथा सर्लाहीको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संरक्षक बासुदेवशरण कोइरालाको निधन भएको छ।

कोइरालाको गएराति लालबन्दी–२ जुटपानीस्थित निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ। जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालासहित नेपाली कांग्रेसका संस्थापक नेताहरूसँगै राजनीतिक यात्रा सुरु गरेका कोइराला पार्टीभित्र एक अनुभवी नेताका रूपमा परिचित थिए। उनी नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति समेत हुन्।

राजनीतिक जीवनको विभिन्न आरोहअवरोह भोगेका कोइराला केही महिनादेखि अस्वस्थ रहेर निवासमै आराम गरिरहेका थिए। उनको निधनसँगै कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीयवासीले “एउटा इतिहास ढलेको” भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

कोइरालाले आफू जीवितै रहँदा शरीर दान गर्ने घोषणा गरेका थिए। उनको पार्थिव शरीरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?