सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण १२, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १२ साउन, काठमाडौं ।
  • सोमबार सेयर बजारको परिसूचकमा अन्तिम गणना त्रुटिपूर्ण पाइएको छ ।
  • बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो ।

१२ साउन, काठमाडौं ।

सोमबार सेयर बजारको परिसूचकमा अन्तिम गणना त्रुटिपूर्ण पाइएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो । त्यसपछि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना भएपछि नेप्से एकाएक २ अंक रातोमा देखियो । भारित औसत मूल्य गणना अन्तिम १५ मिनेटका आधारमा हुने गर्छ । तर बजार अन्तिम १५ मिनेटभर हरियो थियो ।

अघिल्लो दिन २९६४ अंकमा बन्द भएको बजार आज २ : ४५ बजे ३ अंक बढेर २९६७ अंकमा थियो, त्यसपछि बजार बन्द हुँदासम्म लगातार बढेको थियो । तर भारित औसत मूल्य गणनापछि २.०७ अंक रातो भयो । कारोबार प्रणाली (टीएमएस)मा भने भारित औसत मूल्य गणनापछि नेप्से २.६१ अंक हरियोमा देखिएको छ । आज भारित औसत मूल्य गणनापछि अंकमा केही गडबडी देखिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘अंकमा केही गढबढी भएको पाइएको छ, प्राविधिक टिम समस्या पहिचान र समाधानका लागि खटिइरहेको छ’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौतामा हस्ताक्षर रद्द
शीतले सडक चिप्लो भएपछि दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै
कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा