यस्तो छ तपाइको आजको राशिफल

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक २२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   मेष : दिन सामान्य छ ।
  • विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।
  • पेट सम्बन्धी रोगले सताउने खतरा छ ।

 

मेष : दिन सामान्य छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । पेट सम्बन्धी रोगले सताउने खतरा छ । खानपानमा ख्याल गर्नुपर्ने दिन छ । राजनीतिक संगठनमा साथीले साथ दिँदा सेवाका अवसर मिल्नेछन् ।

वृष : बोलीलाई नियन्त्रण गर्नुपर्ने दिन छ । तपाईंको बोलीकै कारण आफन्त टाढा हुनेछन् । उपचारकोक्रममा भए तपाईंलाई लाभ हुनेछ । शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन् ।

मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । राम्रो कामको सुरुवात गरेमा साथीले साथ दिनेछन् । मनमा शान्ति मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

कर्कट : दिन सामान्य छ । आफन्तले सहयोग गर्नेछन् । वैदेशिक रोजगारको लागि प्रयास गरेमा सचेत बन्नुपर्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : दिन राम्रो छ । आफन्तले साथ दिनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ । परिवारमा धोका हुने जोखिम रहेकाले कर्तव्यमा अडिग रहनु राम्रो हुनेछ ।

कन्या : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । आफूले गर्दै गरेको दैनिक कामबाट लाभ हुनेछ । कानुनी लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : संगठनका साथीबाट असहयोग हुनेछ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । सहकार्यमा सुरुवात गरेको व्यवसाय सफल बन्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नसक्छ । संकटमा परिवारको साथ मिल्नेछ ।

वृश्चिक : दिन सहज छ । मन खुशी हुनेछ । लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । अढैया शनिका कारण अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ । समाजसेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर छ ।

धनु : दिन सहज छ । मनमा शान्ति मिल्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । स्वदेशमा भन्दा विदेशमा खर्च बढ्नेछ । परिवारमा भने विवादको जोखिम छ ।

मकर : सल्लाहकारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ । शारीरिक रुपमा फूर्ति देखिनुहुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने दिन छ ।

कुम्भ : आम्दानी बढ्नेछ । मन अशान्त बन्नसक्छ । बिहान उठेर शिवको भजन सुन्नु भएमा दिन सहज बन्नेछ । हरेक कुरामा परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : मनमा खटपटी हुनसक्छ । खानमा रुचि नबढ्ने देखिन्छ । शिक्षामा गरेको लगानीले राहत मिल्नेछ । साथीभाइको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ । जागेरे हुनुहुन्छ भने बढुवा हुने योग छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
अमेरिकामा ट्रम्पविरूद्ध प्रदर्शन
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी