एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष २०, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २० पुस, काठमाडौँ ।
  • आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ ।
  • जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

२० पुस, काठमाडौँ । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय संसद् सचिवालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ९ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेन्सनपीडित शिक्षक सङ्गठन, नेपाल राहत शिक्षक संगठनलगायतसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था प्रत्यायोजित विधायन र सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
७ खर्ब ३३ अर्ब नाघ्यो बेरुजु, एक वर्षमै ९१ अर्ब ५९ करोड थप
आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा
सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
१४ घण्टापछि खुल्यो बीपी राजमार्ग
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो