सुर्खेतमा श्रीमानले गरे आफ्नै श्रीमतीको ह*त्या

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण ११, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ११ साउन, सुर्खेत ।
  • सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
  • आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् ।

११ साउन, सुर्खेत ।

सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आफ्नै श्रीमती ४१ वर्षीय रविना थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार हत्या लगत्तै ठाडामगगरले ठेगानासहित प्रहरीलाई नै फोन गरेर आफुलाई पक्राउ गर्न बोलाएका थिए ।

खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताउनु भयो । यसअघि प्रहरीलाई फोन गर्नुपूर्व ठाडामगरले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाईसमेत फोन गरेका थिए । जानकारी पाउने वित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो । घटनाको कारण अझै खुलिनसकेकाले थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?