टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ कात्तिक, काठमाडौँ ।
  • नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
  • प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

२८ कात्तिक, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

प्रधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्राधिकरणको निर्देश/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्‍य हुने र सेवा प्रदायकले त्‍यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्‍चार ऐन, २०५३को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्‍ने व्‍यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’

प्राधिकरणको विज्ञप्ति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?