भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण ११, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • ११ साउन, काठमाडाैं ।
  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संविधान विपरीत रहेको बताएका छन् ।
  • आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

११ साउन, काठमाडाैं ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संविधान विपरीत रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो असंवैधानिक छ, गैरकानुनी छ, देश र जनताविपरीत छ’, अध्यक्ष यादवले भने, ‘प्रदेशको क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रदेशको अनुमती लिनुपर्छ, यो भएको छैन, यसकारण यो संविधानको धारा १०९ अनुसार छैन ।’

प्रस्तावित विधेयक फिर्ता लिन आग्रह गर्दै उनले भने, ‘जस्ताको तस्तै पारित गर्नुभयो भने हामी कोर्टमा जान्छौं ।’अदालतमा मुद्दा परे अदालतबाट बदर हुने जिकिर गर्दै उनले सुकुम्बासीलाई जग्गा दिन प्रचलित ऐन बाधक नरहेको र नयाँ ऐन आवश्यक नरहेको बताए । भूमाफियालाई फाइदा पुग्ने गरी विधेयक आएको उनको दाबी छ । भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई उनको प्रश्न छ , ‘कसको स्वार्थका लागि यो विधेयक ल्याउनुभयो ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ
सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी
लुम्बिनी सरकारले शुरू गर्‍यो सशस्त्र द्वन्दका घाइते र अपाङ्गता भएकाहरूको उपचार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
प्रधानमन्त्री ओलीले दिए राजीनामा