संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख ३१, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ३१ वैशाख, काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएको छ ।
  • सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको प्रवक्ता डा.

 

३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएको छ ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले दिए । उनका अनुसार कांग्रेसले संसदीय छानबिन समितिलाई नै बटमलाइन बनाउने भएको छ । ‘सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको मागमा हामी अडिग छौं । हाम्रो बटमलाइन नै यही हो,’ महतले भने, ‘छानबिन समिति नबने भोलि (मंगलबार) बस्ने बैठक पनि अवरुद्ध गर्छौ ।’  समिति गठन नभए राष्ट्रपतिलाई नीति कार्यक्रम प्रस्तुत गर्न नदिने महतले बताए । ‘हाम्रो मुख्य माग नै छानबिन समिति गठनको हो,’ महतले भने, ‘समिति गठन नहुँदासम्म नीति कार्यक्रम पनि प्रस्तुत गर्न दिँदैनौं ।’ मंगलबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

सोमवारका लागि बोलाइएको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित गरेर कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेताहरूले छलफल गरेका थिए । मंगलबार प्रतिनिधिसभा बैठक बस्नुअगाडि नै कांग्रेसले कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले निरन्तर अवरोध गरेपछि प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले समेत आइतबार कांग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्ड छानबिन समिति गठन गर्न सकारात्मक बनेको दाबी कांग्रेसले गरेको थियो ।  प्रधानमन्त्रीले पनि सोमबार साँझसम्म केही न केही सहमति जुट्ने १ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने माहोल बन्ने दाबी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
गृहमन्त्री लेखकले न्यायाधीशमा भाग खोज्दै हिँडेको रास्वपाको आरोप
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
गुल्मीमा एक पुरुष मृत फेला
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ