बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण ६, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • बङ्गलादेशको राजधानी ढाकास्थित एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।
  • दुर्घटनामा एक सय ७१ जना घाइते भएका छन् ।
  • मृतकमध्ये २५ जना बालबालक रहेको पुष्टि भइसकेको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । दुर्घटनामा एक सय ७१ जना घाइते भएका छन् । मृतकमध्ये २५ जना बालबालक रहेको पुष्टि भइसकेको छ । स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजेर १८ मिनेटमा ढाकाको उत्तर भागमा अवस्थित ‘माइलस्टोन स्कूल एन्ड कलेज’ को भवनमा बङ्गलादेश एयर फोर्सको सेभेन जेट लडाकू विमान खसेको थियो ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार यान्त्रिक गडबडीका कारण विमानले नियन्त्रण गुमाएको थियो। पाइलटले विमानलाई जनघनत्व कम भएको क्षेत्रमा अवतरण गराउने प्रयास गरे पनि विमान विद्यालयमै खस्न पुग्यो । यो दुर्घटनालाई बङ्गलादेशमा पछिल्ला केही वर्षयताकै सबैभन्दा भयावह हवाई दुर्घटना मानिएको छ । स्वास्थ्य मन्त्रालयका विशेष सहायक डा. सायेदुर रहमानका अनुसार घाइतेमध्ये ७८ जनाको अवस्था गम्भीर छ र उनीहरू विभिन्न अस्पतालमा उपचाररत छन् । सरकारले दुर्घटनापछि देशभर शोकको घोषणा गरेको छ । विद्यालय, मठमन्दिर, मस्जिद तथा सार्वजनिक स्थलहरूमा प्रार्थनाका कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
यस्तो छ तपाइको आजको राशिफल