६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण ४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ४ असार, काठमाडौं ।
  • ६ महिनाभित्र छाप्न बाँकी २६ लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने तयारीसाथ काम अघि बढाएको छ ।
  • योसँगै नयाँ ट्रायल र नवीकरणका लागि आवेदन दिएकाहरूले अब एकैपटक लाइसेन्स पाउने छन् ।

४ असार, काठमाडौं ।

६ महिनाभित्र छाप्न बाँकी २६ लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने तयारीसाथ काम अघि बढाएको छ । योसँगै नयाँ ट्रायल र नवीकरणका लागि आवेदन दिएकाहरूले अब एकैपटक लाइसेन्स पाउने छन् । यातायात व्यवस्था विभागको एउटामात्रै मेसिनले ५ लाख र बाँकी २६ लाख थान सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्नेछ । त्यसका लागि विभाग र केन्द्रबीच सम्झौता भइसकेको छ ।

हालसम्म विभागले मात्रै लाइसेन्स प्रिन्ट गरेर अति आवश्यक परेकोलाई वितरण गर्दै आइरहेको थियो । दैनिकरूपमा विभागमा आएर र अनलाइनबाट फर्म भरेर अति अत्यावश्यक परेकाहरूको ५ सय लाइसेन्स छापिँदै आएको छ । त्यसको अतिरिक्त देशभरबाट दैनिक नयाँ र नवीकरणका लागि ५ हजार लाइसेन्स प्रिन्टका लागि आउने गरेको छ । विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडा सुरक्षण मुद्रणले बाँकी रहेको मध्ये २६ लाख लाइसेन्स प्रिन्ट गर्ने भनेर सम्झौता भइसकेको बताउँछन् । खतिवडाले नेपाल प्रेससँग भने, ‘केन्द्रले हामीलाई ६ महिनासम्ममा २६ लाख लाइसेन्स प्रिन्ट गरेर दिने भनेको छ ।

एक घण्टामा ५ हजार लाइसेन्स छाप्न सक्ने मेसिन केन्द्रसँग रहेछ ।’ विभागले छाप्ने लाइसेन्समा चिप्स हुने र केन्द्रले छाप्नेमा क्यूआर राखिनेछ । विभागले छापेको लाइसेन्स प्रतिगोटा २.५० डलर अर्थात् ३४५ रूपैयाँमा तयार हुँदै आएको छ । अब केन्द्रले छपाइ गर्दा २ सयभन्दा कम खर्च लाग्ने बताइएको छ । त्यस्तै, देशभरका लिखित र ट्रायल गराउने यातायात कार्यालयले ३ दिनभित्र सिस्टममा डाटा इन्ट्री गराउनै पर्ने भएको छ । नत्र विभागको सिस्टमले नलिने खतिवडाले बताए । यसअघि यातायात कार्यालयलेले अनुकूलताको आधारमा डाटा इन्ट्री गरेकाले यसलाई कडाइ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च