सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ३० भदौ, जनकपुरधाम ।
  • जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

३० भदौ, जनकपुरधाम ।

जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ । ५०/६० जनाको समूहले २४ भदौ बेलुकी जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेको थियो ।

चारपाङ्ग्रे गाडी ४ वटा, मोटरसाइकल ४ वटा, सीसीटीभी क्यामेरा तथा अन्य भौतिक संरचना तोडफोड गर्दै सुरक्षार्थ खटिएको नेपाल प्रहरीकै एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली समेत लुटपाट भएको थियो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सीसीटीभी फुटेजको आधारमा हतियार लुटपाटमा संलग्न जनकपुरधाम–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट लुटिएको हतियार बरामद गरिएको छ । यस्तै प्रहरीबाट खोसिएको थ्रिनट थ्री राइफल दुई दिन अघि बरामद गरिएको डीएसपी सिंहले बताए । डीएसपी सिंहका अनुसार आन्दोलनको क्रममा प्रहरीले दुईवटा हतियार लुटेको थियो । जुन बरामद भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
आज माओवादीको पदाधिकारी बैठक बस्दै
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु
धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते
साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी: राष्ट्रपति पौडेल
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव