हेम्जामा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
सारांश
- २६ असोज, काठमाडौं ।
- कास्कीको पोखरास्थित हेम्जामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
- कास्की पोखरा महानगरपालिका २५ हेम्जामा ग ३ च ९८१६ नम्बरको स्कोरपियोले पैदलयात्री ६० वर्षीय आशबहादुर विकलाई शनिबार ठक्कर दिएको हो।
२६ असोज, काठमाडौं ।
कास्कीको पोखरास्थित हेम्जामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। कास्की पोखरा महानगरपालिका २५ हेम्जामा ग ३ च ९८१६ नम्बरको स्कोरपियोले पैदलयात्री ६० वर्षीय आशबहादुर विकलाई शनिबार ठक्कर दिएको हो।

घाइते विकको फिस्टेल अस्पतालमा उपचारको क्रममा शनिबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ। स्कोर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया