कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ३० वैशाख :  विराटनगर,   गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
  • एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिनुभयो ।
  • गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले सङ्घीयताको अभ्यासमा मद्दत पुगेको छ भत्रुभयो ।

 

३० वैशाख :  विराटनगर,  

गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले सङ्घीयताको अभ्यासमा मद्दत पुगेको छ भत्रुभयो । उहाँले यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपत्को समयमा यसमा भण्डारणका रुपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको उल्लेख गर्दै उहाँले सरकारले छिट्टै नै शिक्षक सेवा ऐन, निजामती सेवा ऐन पारित गर्ने जानकारी दिनुभयो । गृहमन्त्री लेखकले सरकारले सुशासन मार्फत जनतामा आशा जगाएको जिकिर गर्दै सरकार स्थायित्वको सन्देश पनि जनतामा दिएको बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले सरकारबाट प्रदेश सरकारले क्रमशः

अधिकार प्राप्त गरिरहेको तथा प्रदेश सरकारले यातायातका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारलाई सङ्घीय मातहतमा रहेका सुरक्षाकर्मीबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो । कोशी प्रदेश सरकारले संविधान र कानुनबाहिर गएर कुनै पनि काम नगर्ने बताउनुभयो । विपद्का क्षेत्रमा प्रदेश सरकारले उल्लेख्य काम गरेको स्मरण गराउँदै उहाँले जनतालाई सुरक्षित बनाउने अनुभूतिका साथ काम गरिरहेको स्पष्ट पार्नुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तत्काल विपद्लाई सामना गर्न गृहमन्त्रालयबाट प्राप्त भएको सामग्रीबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्टले आफ्नो धारणा राख्नुभएको थियो । कोशीका मुख्यमन्त्री कार्की र गृहमन्त्री लेखकले हस्तान्तरण कागजातमा हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा २२ जनाको मृत्यु
भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस
नेम्वाङको निधनप्रति नगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम
जनकपुरमा पार्किङमा राखिएको बस चोरी
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ