मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संसदीय समिति

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण ४, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • ४ साउन, काठमाडौं ।
  • मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि संसदीय समितिमा छलफल हुँदैछ ।
  • प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ माथि आज छलफल हुन लागेको हो ।

४ साउन, काठमाडौं ।

मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि संसदीय समितिमा छलफल हुँदैछ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ माथि आज छलफल हुन लागेको हो । संविधानको धारा २६२ मा मधेशी समुदायको इतिहास र संस्कृति तथा सो समुदायको हक हितको उन्नयन, प्रवर्द्धन, रक्षा तथा सशक्तीकरणको लागि मधेशी आयोगको व्यवस्था छ ।

यो आयोगले समुदायको जनअपेक्षा, समस्या पहिचान, वर्ग पहिचान, विखण्डित तथ्यांक, जात तथा थर सूचीकरण, पञ्चवर्षीय योजनाको तर्जुमा गर्दै आएको छ । मधेशी आयोगको ऐन २०७४ को दफा ७ को खण्ड (ड) मा ‘मधेशी समुदायको पहिचानका सम्बन्धमा विस्तृत अध्ययन र अनुसन्धान गरी थर सूचीकृत गर्न नेपाल सरकारलाई सिफारिस गर्ने’ भन्ने कानुनी दायित्व रहेको छ । यसअनुसार आयोगले २०७५ सालको वैशाखदेखि काम गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु
अमेरिकाले गर्‍यो ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
सुदूरपश्चिमः चार संसदीय समितिमा सभापति निर्विराेध
राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन
सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी