पर्सा क्षेत्रमा झाडापखालाको प्रकोप, संघ–प्रदेशबाट पानी परीक्षण घुम्ती सेवा सुरु

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ८ भदौ, वीरगन्ज ।
  • पर्सा लगायतका क्षेत्रमा झाडापखालाको संक्रमण देखिएसँगै संघ र प्रदेश सरकारको पहलमा पानी परीक्षणका लागि घुम्ती सेवा संचालनमा आएको छ ।
  • खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुर (चितवन), काठमाडौं र जनकपुरबाट विज्ञ सहितको टोली वीरगञ्जको मुडली, रानिघाट, श्रीपुर लगायतका स्थानमा जडान गरिएका डीप बोरिङ तथा खानेपानी संस्थानका धाराहरूको नमुना संकलन गरिरहेको छ ।

८ भदौ, वीरगन्ज ।

पर्सा लगायतका क्षेत्रमा झाडापखालाको संक्रमण देखिएसँगै संघ र प्रदेश सरकारको पहलमा पानी परीक्षणका लागि घुम्ती सेवा संचालनमा आएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुर (चितवन), काठमाडौं र जनकपुरबाट विज्ञ सहितको टोली वीरगञ्जको मुडली, रानिघाट, श्रीपुर लगायतका स्थानमा जडान गरिएका डीप बोरिङ तथा खानेपानी संस्थानका धाराहरूको नमुना संकलन गरिरहेको छ ।

खानेपानी संस्थान पर्साका प्रमुख प्रविन कुमार साहका अनुसार अहिलेसम्म १५ स्थानका पानी नमुना संकलन गरी परीक्षणका लागि जनकपुर पठाइसकिएको छ। उनका अनुसार संघ र चितवनबाट आएको टोलीले आज पनि नमुना संकलन कार्य जारी राखेको छ । नमुनाको रिपोर्ट आउन करिब २ दिन लाग्ने जानकारी उनले दिए।

यसैबीच, वीरगन्ज महानगर क्षेत्रमा हैजाको महामारी समुदायस्तरमा गम्भीर रूप लिँदै गएको छ । आइतबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार २२१ जना झाडापखालाबाट संक्रमित भएका छन्, जसमा ४२ जनामा हैजाको पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरूले नागरिकलाई उमालेको पानी मात्र पिउन, सरसफाइमा ध्यान दिन र संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ