भुटानमाथि नेपालको सानदार जित

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण ३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३ साउन, काठमाडौं ।
  •   बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।
  •  ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो ।

३ साउन, काठमाडौं । 

बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गर्नुभयो । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।

यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशबिरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्नेछ । च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार