पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ १४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १४ माघ,  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीनवटा छुट्टाछुट्टै कारबाहीमा तीस जना आतङ्ककारी मारिएको सेनाले शनिबार जनाएको छ।
  • पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।
  • लक्की मारवाटमा अपरेशनको क्रममा १८ आतङ्ककारी मारिए र छ जना घाइते भएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।

 

१४ माघ,  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीनवटा छुट्टाछुट्टै कारबाहीमा तीस जना आतङ्ककारी मारिएको सेनाले शनिबार जनाएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन गरेको एक विज्ञप्तिमा जनाएको छ । लक्की मारवाटमा अपरेशनको क्रममा १८ आतङ्ककारी मारिए र छ जना घाइते भएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ । काराक जिल्लामा अन्य आठ आतङ्ककारी मारिएको आईएसपीआरले जनाएको छ ।

आईएसपीआरका अनुसार कारबाहीमा ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको छ। इलाकामा अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेशन भइरहेको छ । सेना पाकिस्तानबाट आतङ्कवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?