विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण २६, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २६ साउन, काठमाडौं ।
  • प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् ।
  • हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् ।

२६ साउन, काठमाडौं ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् । हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् । लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् ।

इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्‍याएर दबाब बढाउने रणनीति लिएको हो । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका गरेका छन् ।  उनका अनुसार उनीहरुले इजरायलका उच्च नेता, कर्मचारी र सेनाका अधिकारसँग भेटवार्ता गर्नेछन् ।

पदमा र पुष्षा इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा जानेछन् । खोजीका लागि बाँकी काम त्यहीँबाट सुरु हुनेछ । उनीहरुको टिकटको व्यवस्था पनि दूतावासले नै गरिदिएको छ । कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए ।

हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छ : अध्यक्ष ओली
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र