तनहुँमा बस दुर्घटना: चालकको मृत्यु, यी हुन् घाइते

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ मंसिर, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नंको बस र काठमाडौंबाट पोखरा आउँदै गरेको गण्डकी जिएए ००७० नंको बस एकापसमा ठोक्किएका थिए।

 

२ मंसिर, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नंको बस र काठमाडौंबाट पोखरा आउँदै गरेको गण्डकी जिएए ००७० नंको बस एकापसमा ठोक्किएका थिए। दुर्घटामा जिएए बसका चालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।दुर्घटनामा घाइते भएका ३० जनाको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेहरूमा बाँके बैजनाथका २४ वर्षीय किरण बुढा, बाँके कोहलपुर नगरपालिका–६ का १३ वर्षीया रिजु बाठा मगर, बाँके बैजनाथ गाउँपालिका–६ का १५ वर्षीया ज्ञानु थारू, सोही ठाउँका १६ वर्षीय ललित खत्री, सोही ठाउँकी मायास सिंजापती मगर, सोही ठाउँका ६ वर्षीया गुरास घर्ती मगर, १८ वर्षीय निखिलनाथ योगी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।यस्तै, भे१ख ३४८७ नंको बस चालक बाँके कोहलपुर नगरपालिका–१० का ३७ वर्षीय किशोरजङ्ग शाही, तनहुँको म्याग्दे गाउँपालिका–३ बस्ने ३० वर्षीय रमेश रानाभाट, म्याग्देकै ५१ वर्षीया उजेली रानाभाट, बाँके बैजनाथ गाउँपालिका–६ बस्ने १४ वर्षीया विद्या पुन मगर, गोरखाको गोरखा नगरपालिका–८ बस्ने २० वर्षीय

विवेक कँडेल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ३५ वर्षीया बबिता थापा, कास्कीको पोखरा महानगरपालिका–१० बस्ने ४३ वर्षीय लक्षिन गुरुङ, पोखरा महानगरपालिका–१७ बस्ने ३६ वर्षीया दुर्गा रोका घाइते भएका प्रहरीले जनाएको छ।यसैगरी, पोखरा महानगरपालिका–१२ बस्ने ४४ वर्षीया बिजुली गुरुङ, सोही ठाउँकी २५ वर्षीया कमला गुरुङ, ३९ वर्षीया वसन्ती गुरुङ, ४५ वर्षीया लक्ष्मी गुरुङ, ४० वर्षीया गङ्गा गुरुङ, ४५ वर्षीय शिव जोशी, ३७ वर्षीया ज्योति गुरुङ, पोखरा महनगरपालिका–१७ बस्ने ४१ वर्षीय सञ्जय गुरुङ, स्याङ्जाको फेदीखोला

गाउँपालिका–४ बस्ने ५५ वर्षीया चन्द्रकुमारी गुरुङ, बाँकेका ४४ वर्षीय शिवलाल न्यौपाने, कोहलपुर नगरपालिका–६ बस्ने १६ वर्षीया निर्मला शाही, २१ वर्षीया विनिता विक, स्याङ्जा पुतलीबजार नगरपालिका–१३ बस्ने २५ वर्षीय सुरज तिवारी, कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ४९ वर्षीय निर्मल भुजेल घाइते भएका छन्।ठेगाना नखुलेका १८ वर्षीय रियाद केसीलाई टाउकामा गम्भीर चोट लागेका कारण थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?