रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबारभित्र खुलाउने तयारी

nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण १, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १ साउन, काठमाडौं ।
  • भोटेकोशी नदीको बाढीले क्षति पुर्‍याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा एक/दुई दिनभित्रै गाडी गुडाउन मिल्ने गरी मर्मतको काम भइरहेको छ ।
  • सडक विभागको गल्छी मैलुङ त्रिशूली स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाका प्रमुख सीडीई खड्गलाल श्रेष्ठले बाढीले सडक बगाएको ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए ।

१ साउन, काठमाडौं ।

भोटेकोशी नदीको बाढीले क्षति पुर्‍याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा एक/दुई दिनभित्रै गाडी गुडाउन मिल्ने गरी मर्मतको काम भइरहेको छ । सडक विभागको गल्छी मैलुङ त्रिशूली स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाका प्रमुख सीडीई खड्गलाल श्रेष्ठले बाढीले सडक बगाएको ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए । स्याफ्रुबेसीदेखि साढे आठ किलोमिटर पर लिङलिङमा एउटा मेजर पहिरो छ । त्यहाँ रक कटिङको काम भइरहेको छ,’ श्रेष्ठले भने ।

रसुवागढी–स्याफ्रुबेसी खण्डमा यो सबैभन्दा अप्ठ्यारो ठाउँ ठानिएको छ । ‘हाइटमा पनि छ, मुनि खोला पनि छ । सिधै भर्टिकल डाँडा भएकाले अप्ठ्यारो छ,’ श्रेष्ठ भन्छन्, ‘त्यहाँ छिचोलियो भने लगभग ट्राफिक ओपन गर्न सकिने अवस्था हुन्छ ।’ त्यहाँ ट्र्याक खुलाउन ब्रेकर, बकेट लगायतका साना–ठूला चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको उनले जानकारी दिए । ‘मौसमले साथ दियो भने र अरु प्राविधिक जटिलता आएन भने शुक्रबार नै रसुवागढी–स्याफ्रुबेसी सडक खुल्नसक्छ,’ उनले भने । गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।

सो बाढीमा परी ११ शव र मानवअंगहरु फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् । बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो । सडक क्षति भएको अन्य स्थानमा मर्मतको काम सकिए पनि लिङलिङमा मात्र ट्र्याक खोल्न बाँकी रहेको सडक विभागका अधिकारीहरु बताउँछन् ।

लिङलिङमा १२० मिटर सडक भत्किएको छ । पहाडको सिधा भित्तातिर बगेको नदीलाई तर्काइएको छ भने भित्तो काटेर ट्र्याक खुलाउने काम भइरहेको छ । ट्र्याक खुलेपछि तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारीहरुले बताएका छन् । नेपाल–चीन जोड्ने मितेरी पुल भने कहिले बन्ने भन्ने अन्योल छ । प्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित रसुवागढीको अवलोकन गरेर फर्किएपछि सरकारले चीनलाई पुल बनाउन अनुरोध गर्ने निर्णय गरेको थियो । चिनियाँ पक्षले त्यहाँ डोजर लगाइरहेको देखिएकाले पुल बनाउन सुरु गरेको अनुमान नेपाली अधिकारीहरुले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित 
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ