धरहरा भोलिदेखि दैनिक १२ घण्टा खुल्ने

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ ३२, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३२ असार, काठमाडौं ।
  • धरहरा भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा खुल्ने भएको छ ।
  • भोलिदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताउनुभएको छ ।

३२ असार, काठमाडौं ।

धरहरा भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा खुल्ने भएको छ । भोलिदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताउनुभएको छ । अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको छ ।

त्यस्तै अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने  र  शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने भएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि गएको असोज ३ गतेदेखि परिक्षणका रुपमा खुला गरिएको थियो । गएको मङ्सिर ९ गतेदेखि भने सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?