सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष २८, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २८ पुस, काठमाडौं ।
  •   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।
  • सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

 

२८ पुस, काठमाडौं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ । सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

‘सामाजिक सञ्जालमा केही व्यक्तूरुले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ । उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,’ देउवाको सचिवालयले भनेको छ । विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ । जस अन्तर्गत आज बिहान १० बजेदेखि बन्द सत्र कार्यक्रम सुरु गर्ने कार्यतालिका छ । बन्द सत्रका लागि तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
कुशल र आरिफको अर्धशतकमा लुम्बिनीलाई पुलिसले दियो २५० रनको लक्ष्य
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
बाजुरा भूकम्प अपडेट: ८ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
यूएन पार्कनजिक एकै ठाउँमा पाँच गाडी दु*र्घटना, एक युवकको मृ*त्यु