प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • २ पुस, काठमाडौं ।
  • नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ ।
  • महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् ।

२ पुस, काठमाडौं ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् । नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् । केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् । आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडेर भोट मागिरहेका छन् ।

यही क्रममा एक जना व्यक्ति मतदान केन्द्र परिसरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीले जनाएको छ । सावदले प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरेको लिस्ट तयार गरी प्रचारप्रसार गरेको आरोप एमाले कार्यकर्ताहरूले  लगाएका छन् । सावदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता हुँदै
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
रामेछाप आयुर्वेद चिकित्सालय : घर–घर जाँदै, नसर्ने रोगका बिरामी पहिचान गर्दै
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति