भारतको बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • २७ असार,  बिहार ।
  • भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् ।
  • डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२७ असार,  बिहार ।

भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् । डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित बालिकाको नेपालस्थित ठेगाना खुलाइएको छैन । यद्यपि उनी परिवारसहित केही समयदेखि सो क्षेत्रमा बस्दै आएको बताइएको छ ।

शौचालयका लागि बाहिर गएको समयमा उनलाई स्थानीय केही व्यक्तिले फकाएर नजिकैको बगैँचासम्म लगेको र एकान्तमा पुगिसकेपछि छुरा देखाएर डराइ–धम्क्याइ बलात्कार गरिएको प्रहरीलाई उद्धृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यले जनाएका छन् । बालिकाले साँझ परिवारका सदस्यलाई घटनाबारे बताएकी थिइन् । आरोपितहरूसँग घटनाबारे बुझ्न खोज्दा उल्टै मारपिट गरिएको पीडित परिवारको आरोप छ ।

घटनाबारे जानकारी पाएपछि राति प्रहरीले पीडित परिवारलाई प्रहरी थानामै लगेर उजुरी दिन लगाएको थियो । सोही आधारमा प्रहरीले सगीर अन्सारी, ओकार अन्सारी, जमिला खातुन, नौशाद अन्सारी र हिकला अन्सारी नाम गरेका स्थानीयविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । यी आरोपित सबै फरार रहेको र उनीहरूको खोजतलास भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
दशैँको मुखमा नेप्से २७.३९ अङ्कले घट्यो