मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २० फागुन, काठमाडौं ।
  • थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ ।
  • थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो ।

 

२० फागुन, काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ ।  सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् ।

वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन् । केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ । घरका भुइँतला डुबानमा परेका छन् । आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ । पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन । यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो ।

त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए । अदालतको इजलास नै स्थगित गर्नुपरेको थियो । बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो । अर्को दिन नै पाइप मर्मत गरिएको थियो । आज फेरि थापाथली क्षेत्रमा मेलम्चीकै पाइप फुटेको छ तर यहाँ पाइप फुट्नुको कारण भने खुलिसकेको छैन । मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीहरु सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी